global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ गोदरेजले गर्यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता सार्वजनिक

गोदरेजले गर्यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता सार्वजनिक

गोदरेजले गर्यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता सार्वजनिक

काठमाडौं । गोदरेज नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने टी ट्वान्टी विश्वकप अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता योजनाका विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई घरायसी जीवनसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले गोदरेज नेपालले गत मंसिर २९ गतेदेखि देशभर लागू गरेको यस विशेष क्याम्पेनअन्तर्गत पहिलो चरणका भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पहिलो चरणको विजेता काठमाडौं, टोखा निवासी लुना ज्ञवाली हुन्। उनले Khadadevi Electronics—Godrejको आधिकारिक बिक्रेता—बाट Godrej Washing Machine खरिद गरी योजनामा सहभागिता जनाएकी थिइन् ।

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछिन्। उक्त यात्रा प्याकेजमा हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च गोदरेज नेपालले नै व्यहोर्ने जानकारी दिएको छ।

गोदरेज नेपालले यस योजनामार्फत आफ्ना उपभोक्तालाई केवल उत्पादन मात्र नभई स्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

कम्पनीका अनुसार नेपालका पहिलो चरणका खेलहरू मुम्बईमै आयोजना हुने भएकाले नेपाली क्रिकेटप्रेमीका लागि यो अवसर अझै विशेष रहनेछ। क्याम्पेनमा सहभागी हुन गोदरेजका कुनै पनि आधिकारिक उत्पादन खरिद गरी एसएमएस पठाउनुपर्ने व्यवस्था गरिएको छ।

एसएमएस गर्ने तरिका

Type: GODREJ [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address SMS पठाउने नम्बर: 31003, मार्फत सहभागी भई विजेता बन्ने अवसर बाँकी रहेको गोदरेज नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट गोदरेजका उत्पादन खरिद गरी योजनामा सहभागी हुन आग्रह गरेको छ।

गोदरेज नेपालले उपभोक्तालाई सकेसम्म छिटो गोदरेजका उत्पादन खरिद गरी एस मार्फत सहभागिता जनाउन आग्रह गरेको छ, किनकि जति चाँडो सहभागिता जनाइन्छ, त्यति नै छिटो तथा बढी त्द्दण् विश्वकप अन्तर्गत ५ दिन ४ रातको मुम्बई यात्रा र खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त हुने सम्भावना बढ्ने कम्पनीको भनाइ छ।

गोदरेज नेपालका अनुसार यो क्याम्पेनले ब्रान्डप्रतिको विश्वास थप मजबुत बनाउनुका साथै क्रिकेटप्रेमी नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।

प्रकाशित समय : १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु