गृहपृष्ठ नवौं एनभीए च्याम्पियनसिप: आज पनि चार खेल
नवौं एनभीए च्याम्पियनसिप: आज पनि चार खेल
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा आज पनि चार वटा खेल हुँदैछन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुने पहिलो खेलमा पुरुषतर्फ विभागीय टोली एपीएफ क्लब र मणिमुकुन्द भलिबल क्लब आमनेसामने हुनेछन्।
समूह ‘ए’ बाट दुवै खेल जितेको हेल्प नेपाल स्पोर्ट्स क्लब यसअघि नै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ।
यस्तै महिलातर्फ दिउँसो २ बजे नेपाल पुलिस क्लब र एपीएफ क्बल तथा दिउँसो ४ बजे एभेरेष्ट भलिबल क्लब र न्यू डायमन्ड युथ स्पोर्टस क्बल खेल्दैछन् ।
प्रकाशित समय : १०:१७ बजे


















