global ime bank Long Banner Ad

गृहपृष्ठ म्यान्माको सैनिक समर्थक दलद्वारा चुनावमा ठूलो अग्रता लिएको दाबी

म्यान्माको सैनिक समर्थक दलद्वारा चुनावमा ठूलो अग्रता लिएको दाबी

म्यान्माको सैनिक समर्थक दलद्वारा चुनावमा ठूलो अग्रता लिएको दाबी

म्यान्माको शक्तिशाली सैन्य समर्थक पार्टी युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी)ले पहिलो चरणको निर्वाचनमा भारी जित हासिल गरेको दाबी गरेको उक्त दलका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

म्यान्माको सशस्त्र सुरक्षा बलले सन् २०२१ मा ‘कू’ गरी निर्वाचित सरकार, मन्त्री र संसद्का सदस्य र प्रजातन्त्र पक्षधर दलका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिई सत्ता हातमा लिएको थियो ।

त्यसपछि सेनाप्रति वफादार सरकारले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने भन्दै यही डिसेम्बर २८, सन् २०२६ जनवरी ११ र २५ का लागि तीन चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो ।

पहिलो चरणको निर्वाचन आइतबार सम्पन्न भएको हो भने यसमा यूएसडीपीले नगरहरूको तल्लो सदनको कुल १०२ सीटमध्ये ८२ सिट जितेको यूएसडीपीका एक वरिष्ठ सदस्यले बताए ।

सेनाको नागरिक प्रोक्सीको रूपमा वर्णन गरेको यूएसडीपीले आइतबार मतदान भएको नगरको तल्लो सदनको सिटको ८० प्रतिशतभन्दा बढी कब्जा गरेको यो तथ्याङ्कले सङ्केत गर्ने विश्लेषकहरूले बताएका छन् ।

“यूएसडीपीले राजधानी नेपिडोका सबै आठवटा नगरमा जितेको छ,” एक अधिकारीले आफू परिणाम खुलासा गर्न अधिकार प्राप्त व्यक्ति नभएको बताउँदै नाम नबताउने सर्तमा भने ।

सन् २०२० मा भएको पछिल्लो निर्वाचनमा आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले यूएसडीपीलाई पराजित गरेको थियो तर निर्वाचित संसद् ‘कू’ पछि विघटन भएको थियो ।

आइतबारको मतदान नागरिक सरकारको पक्षमा सङ्घर्षरत एनएलडीलगायत प्रजातन्त्र पक्षधर धेरै दलले बहिस्कार गरेका थिए ।

नोबेल पुरस्कार विजेता प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी सन् २०२१ को ‘कू’ पछि प्रहरी नियन्त्रणभित्र (नजरबन्दमा) रहँर्दै आएका छन । निर्वाचित संसद् र सरकारका अधिकारीलाई सुरक्षा नियन्त्रणमा लिई सेनाप्रति वफादार (जुन्ता) अधिकारीले सत्ता नियन्त्रणमा लिएपछि म्यान्माले यो अवधिमा गृहयुद्धको सामना गरेको थियो ।

असहमतिमा कडा कारबाही र सैन्य सहयोगीहरूले भरिएको उम्मेदवारको सूची उद्धृत गर्दै अधिकारकर्मी, पश्चिमी कूटनीतिज्ञ र संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखहरूले यो मतदानप्रति असन्तुष्टि जनाएका छन् ।

इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज थिङ्क ट्याङ्कका रिसर्च फेलो मोर्गन माइकल्सले भने, “परिणामले आगामी सरकारमा यूएसडीपीको प्रभुत्व रहने निश्चित देखिन्छ ।” “निर्वाचन विश्वसनीय छैन,” उनले भने ।

उनले भने, “उनीहरूले समयभन्दा पहिले नै विभिन्न पार्टीहरूलाई प्रतिबन्ध लगाएर यसलाई निर्वाचनमा धाँधली गर्नेछन्, अधिकांश व्यक्तिहरू मतदानस्थलमा पुग्ने छैनन् अर्थात् मतदानलाई बहिस्कार गर्नेछन वा तिनीहरूलाई जबरजस्ती धम्की दिएर एक निश्चित तरीकाले मतदान गर्न बाध्य पारिनेछ।”

म्यान्माको केन्द्रीय निर्वाचन आयोगले आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी छ । जनवरी ११ र २५ मा थप दुई चरणको निर्वाचन हुनेछ।

प्रकाशित समय : २०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु