global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

पर्वतमा गण्डकी प्रदेशअन्तर्गतका अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

सदरमुकाम कुश्माबजारमा जारी आठौँ पर्वत महोत्सवको अवसरमा दुई लाख २२ हजार २२२ राशिको भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलअन्तर्गत कुश्मा नगरपालिका र बागलुङ नगरपालिकाबीचको खेल सम्पन्न भएको छ ।

सो खेलमा कुश्मा नगरपालिकाले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेका छ । अन्य खेलहरु भोलिदेखि सञ्चालन हुने भएका छन् ।

बेस्ट अफ फाइप लिगकम नकआउट चरणमा खेलाइने उक्त खेलमा प्रथम हुनेलाई दुई लाख २२ हजार २२२ नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई एक लाख ११ हजार १११, तृतीय हुनेलाई नगद ५५ हजार ५५५, शिल्ड मेडल र प्रमाणपत्र तथा सान्त्वना टिमलाई पनि २२ हजार २२२ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै उत्कृष्ट विधाहरुलाई पनि पुरस्कार प्रदान गरिने महोत्सवका खेलकुद संयोजक प्रदीप तिमिल्सिनाले जानकारी दिए । गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कुश्मामा आयोजित आठौँ पर्वत महोत्सव गत बुधबारदेखि सुरु भएको हो । महोत्सव यही पुस १९ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित समय : १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु