गृहपृष्ठ नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्नका लागि टाइम्स कलेज र वान कभरबीच सम्झौता
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्नका लागि टाइम्स कलेज र वान कभरबीच सम्झौता
नेपालमा साइबर सुरक्षा शिक्षालाई प्राथमिकता दिँदै दक्ष साइबर सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यले द टाइम्स इन्टरनेशनल कलेज र वान कभर प्राइभेट लिमिटेडबीच समझदारी भएको छ ।
सोमबार काठमाडौंमा भएको रणनीतिक साझेदारी पत्र हस्ताक्षरमा प्राविधिक विशेषज्ञतालाई शैक्षिक उत्कृष्टतासँग एकीकृत गर्ने दिशामा एक महत्वपूर्ण कोसेढुङ्गा मानिएको छ ।
नेपाली विद्यार्थीहरूलाई व्यावहारिक, उद्योग सान्दर्भिक सीपहरू प्रदान गर्दै नेपालमा साइबर सुरक्षा समाधान र परामर्शमा अग्रणी वान कभरको प्राविधिक क्षमताको उपयोग गर्दै साइबर सुरक्षाविज्ञ उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
सो अवसरमा द टाइम्स इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष सुजन अर्यालले उच्च गुणस्तरको प्राविधिक शिक्षा प्रदान गर्ने कलेजको प्रतिबद्धतामा जोड दिए। ‘यो साझेदारी सैद्धान्तिक ज्ञान र विश्वव्यापी प्राविधिक उद्योगको व्यावहारिक मागहरू बीचको पुल हो,’ उनले भने।
समझदारी पत्र तीन वर्षको प्रारम्भिक कार्यकालका रुपमा अगाडि सारिएको छ । दुवै पक्षले नेपाली सन्दर्भमा एआई संचालित साइबर आक्रमण र डेटा गोपनीयता चुनौतीहरू जस्ता उदीयमान खतराहरूलाई सम्बोधन गर्न संयुक्त अनुसन्धान र विकास परियोजनाहरूमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रकाशित समय : १७:२२ बजे



















