global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एन्फा यू–१६ युथ लिग: संकटा क्लबविरुद्ध हिमालयनको साँघुरो जित

एन्फा यू–१६ युथ लिग: संकटा क्लबविरुद्ध हिमालयनको साँघुरो जित

एन्फा यू–१६ युथ लिग: संकटा क्लबविरुद्ध हिमालयनको साँघुरो जित

हिमालयन शेर्पा क्लबले एन्फा यू–१६ युथ लिगमा संकटा क्लबविरुद्ध २–१ को साँघुरो जित निकालेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा हिमालयनलाई जित दिलाउन जेनिल सुब्बा र महेश राईले समान एक गोल गरे । संकटाका पेम्बा तामाङले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

खेलको १६औँ मिनेटमा संकटालाई पेम्बा तामाङले अग्रता दिलाए । पेम्बाले पेनाल्टी अवसरलाई गोलमा परिणत गरेका थिए । तर, संकटाले यो अग्रता लामो समयसम्म जोगाउन सकेन । ३८औँ मिनेटमा जेनिलले हिमालयनलाई खेलमा फर्काए ।

४८औँ मिनेटमा महेशले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । जितसँगै हिमालयनले लिगमा ३२ अंक जोडेको छ । हिमालयनले २६ खेलमा नौ जित, पाँच बराबरी र १२ हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित संकटा भने ४७ अंकमा सीमित छ ।

प्रकाशित समय : १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु