global ime bank Long Banner Ad

गृहपृष्ठ सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २२ गतेदेखि

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २२ गतेदेखि

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २२ गतेदेखि

सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबरको ३१ करोड रुपैयाँ अर्थात ३१ लाख कित्ता साधारण सेयर निष्काशन गर्न नियामकबाट अनुमति प्राप्त गरिसकेको छ। सोमध्ये पहिलो चरणमा १५ करोड ५० लाख रुपैयाँ बराबरको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

यसअन्तर्गत कुल निष्काशनमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता सेयर लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का स्थानीय बासिन्दालाई बाँडफाँट गरिनेछ। बाँकी ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता सेयर मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइने सेयरमध्ये १० प्रतिशत अर्थात १ करोड ५५ लाख रुपैयाँ बराबरको १ लाख ५५ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिनेछ। यी सेयरका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीले आवेदन दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन छिटोमा माघ ६ गते बन्द हुनेछ भने ढिलोमा माघ २१ गतेसम्म खुला रहनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु