global ime bank Long Banner Ad

गृहपृष्ठ हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई

हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई

हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)कास्कीद्वारा आयोजित १८औँ हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले जितेको छ ।
लगातार पाँच दिनसम्म सञ्चालन भई सोमबार सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अङ्क प्राप्त गरी १८औँ संस्करणको उपाधि हासिल गरेको हो । उपाधिसँगै प्रतिभा माविले रनिङ शिल्ड हात पारेको छ ।
हिसान स्पोर्टस मिटअन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीले विभिन्न चार खेलका छुट्टाछुट्टै इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । सोअन्तर्गत छात्रछात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल टेनिसका प्रतिस्पर्धा भएका थिए भने विश्वविद्यालयतर्फ समेत ब्याडमिन्टन, टेबुल टेनिस र बास्केटबलका स्पर्धा सञ्चालन भएका थिए ।
प्रतिभा मावि छात्रा भलिबल, ब्याडमिन्टन र छात्र बास्केटबलमा टिम च्याम्पियन हुँदै २१ अङ्क, छात्र भलिबल र टेबुल टेनिसमा टिम उपविजेता हुँदै १० अङ्क तथा छात्रा भलिबलमा तेस्रो स्थान हुँदै तीन अङ्क प्राप्त गर्दा कूल ३४ अङ्कका साथ उपाधि विजेता बनेको हो ।
हिसान कास्कीअन्तर्गत जिल्लामा आबद्ध ८० शिक्षालयमा ४० हजारभन्दा बढी विद्यार्थी र पाँच हजार बढी शिक्षक तथा कर्मचारी कार्यरत रहेको हिसानका सचिव किरण सापकोटाले जानकारी दिए । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आबद्ध विद्यालयहरूको आबद्धता रहेको उनले बताए ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु