global ime bank Long Banner Ad

गृहपृष्ठ दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार गृह तथा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार जलेश्वर, नख्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार तथा बाल सुधार गृह वीरगञ्जबाट फरार भएका कैदीबन्दी पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा सुधार गृहमा बुझाइसकिएको छभने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया चलिरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए ।

यसैबीच, प्रहरीले धनगढीमाई नगरपालिका–११ डाबरटोलस्थित चितवा खोला नजिकबाट सोमबार दिउँसो बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारेको छ । सो बन्दुकका सम्बन्धमा इलाका प्रहरी कार्यालय लहानले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु