गृहपृष्ठ रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रकरण : पाटन उच्च अदालतको कारण देखाउ आदेश जारी
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रकरण : पाटन उच्च अदालतको कारण देखाउ आदेश जारी
उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी प्रक्रियामा कारण देखाउ आदेश जारी गरेको छ । पुसर ३ गते परेको रिटको आज सुनुवाइ गर्दै अदालतले कारण देखाउ आदेश दिएको हो ।
उच्च अदालत पाटका मुख्य न्यायाधिश लालबहादुर कुँवरको एकल इजलासले रिलायन्स स्पिनिङ, नेपाल धितोपत्र बोर्ड र ग्लोबल आईएमई क्याटिललाई कारण देखाउ आदेश जारी गरेको हो । यी तीन वटै निकायलाई विपक्षि बनाए उच्च अदालतमा रिट परेको थियो ।
वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ जारी गरेर बाँडफाँट गरि भोलिदेखि आम सर्वसाधारणका लागि यो कम्पनीको आईपीओ खुल्दै छ ।
प्रकाशित समय : १९:३२ बजे



















