global ime bank Long Banner Ad

गृहपृष्ठ आईसीसी टी–२० विश्वकपको बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा

आईसीसी टी–२० विश्वकपको बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा

आईसीसी टी–२० विश्वकपको बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा गरेको छ ।

शनिबार साँझ सार्वजनिक गरिएको टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल र आसिफ शेख रहेका छन् ।

यसैगरी, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र लोकेश बलले पनि टोलीमा स्थान पाएका छन् ।

यसैगरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिस जीसी र रुपेश सिंह पनि टोलीमा परेका छन् ।

आईसीसी टी–२० विश्वकपको १०औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

प्रतियोगितामा २० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ ।

 

 

प्रकाशित समय : १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु