global ime bank Long Banner Ad

गृहपृष्ठ मियामीमा हुने वार्ता त्रिपक्षीय नभएको रूसको भनाइ

मियामीमा हुने वार्ता त्रिपक्षीय नभएको रूसको भनाइ

मियामीमा हुने वार्ता त्रिपक्षीय नभएको रूसको भनाइ

क्रेमलिनले आइतबार युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने कुरा अस्वीकार गरेको छ । युक्रेन द्वन्द्व अन्त्यका लागि वार्ता गर्न युक्रेन र युरोपका कूटनीतिज्ञहरू मियामीमा भेला भइसकेको समय रूसको यो भनाइ आएको हो ।

एक दिनअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले त्रिपक्षीय ढाँचाको प्रस्ताव प्रस्तुत गरेको बताएका थिए । केमलिनको अपेक्षाअनुसार वार्ता भएमा मस्को र किएभबीच करिब छ महिनाको पहलपछि पहिलो पटक आमनेसामने वार्ता हुनेछ तर यसले युद्धविरामका लागि प्रगतिको आधार तय गर्नेमा भने अझै आशङ्का व्यक्त गरिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले पत्रकारहरुसँग भने, “यस पहलबारे अहिलेसम्म कसैले गम्भीरतापूर्वक छलफल गरेका छैनन् र मलाई थाहा भएसम्म यो तयारीमा छैन ।”

अमेरिकाको पहलमा त्रिपक्षीय प्रस्तावको खुलासा गर्दै युक्रेनी नेता जेलेन्स्कीले शनिबार भने, “‘यसबाट केही नयाँ हुन सक्छ भन्नेमा आफु विश्वस्त नभएको र संयुक्त राज्य अमेरिकालाई युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउन आग्रह गरिएको छ।”

युक्रेनी नेताले आइतवार थप उत्साहित टिप्पणी गर्दै भने, “अमेरिका, युरोपेली नेता र युक्रेनी वार्ताकारहरूबीचको ‘रचनात्मक’ वार्ता एकदम द्रूत गतिमा अघि बढिरहेको र वार्ता सफल हुने वा नहुने भन्ने कुरा रूसले वास्तवमा युद्ध अन्त्य गर्न आवश्यक महसुस गर्छ कि गर्दैन भन्ने कुरामा धेरै निर्भर देखिन्छ ।”

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा भनिएको छ, “रूसी युद्ध अपराध सीमामा हाम्रो पूर्वाधारमा निरन्तर हमलाहरूले “दुर्भाग्यवस, रूसबाट आउने सङ्केतहरू वास्तवमा नकारात्मक छन् भन्ने पुष्टि हुन्छ ।

अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरको मध्यस्थतामा गरिने वार्ताका लागि रूसी विशेष प्रतिनिधि किरिल दिमित्रीएभ शनिबार मियामी आइपुग्नुभएको छ। युक्रेनी र युरोपेली टोलीहरू पनि वार्ताका लागि शुक्रबारदेखि मियामीमा भेला भएका छन्।

उशाकोभले भने, “अमेरिकी अधिकारीसँगको वार्तापछि दिमित्रिएभ मस्को फर्कनुहुनेछ आफ्नो रिपोर्ट बनाउनुहुनेछ र आगामी दिनमा रूसले के गर्ने भनेर हामी छलफल गर्नेछौँ ।

क्रेमलिनका उच्च सहयोगीले आइतबार रुसी पत्रकारहरूलाई द्वन्द्व अन्त्यका लागि संशोधित अमेरिकी प्रस्तावलाई आफूले नदेखेको बताएका छन ।

वाशिङ्गटनले गत महिना युक्रेन र उसका युरोपेली सहयोगीहरूलाई युद्ध अन्त्य गर्न २८ बुँदे योजना प्रस्तुत गरेको थियो । प्रस्तुत योजनाले अमेरिका क्रेमलिनको प्रमुख मागहरूमा व्यापक रूपमा झुकेको रूपमा हेरिएको थियो । यद्यपि, पछि किएभ र युरोपको संलग्नतापछि योजनालाई पुनः मस्यौदा गरिएको छ ।

पछिल्लो संस्करणको बारेमा थोरै मात्र थाहा भए पनि किएभले अमेरिकी सुरक्षा ग्यारेन्टीको बदलामा केही क्षेत्र आत्मसमर्पण गर्ने अपेक्षा गरिएको छ । योजनाले धेरै युक्रेनीहरूले असन्तुष्ट पारेको हुनसक्ने बताइएको छ।

हालैका महिनाहरूमा मस्कोका सेनाहरू पूर्वी मोर्चामा लगातार अगाडि बढिरहेका छन् भने रूसी नेता पुटिनले शुक्रबार युद्धमा रूसी सेनाले क्षेत्रीय रूपमा गरेको लाभको प्रशंसा गरेका थिए ।

 

प्रकाशित समय : १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु