global ime bank Long Banner Ad

गृहपृष्ठ एभरेस्ट बैँकको अनलाइन तथा मोबाइल बैङ्किङ १० देखि १२ पुसम्म नचल्ने

एभरेस्ट बैँकको अनलाइन तथा मोबाइल बैङ्किङ १० देखि १२ पुसम्म नचल्ने

एभरेस्ट बैँकको अनलाइन तथा मोबाइल बैङ्किङ १० देखि १२ पुसम्म नचल्ने

एभरेस्ट बैँकको अनलाइन र मोबाइल बैङ्किङ दुई दिनसम्म नचल्ने भएको छ । १० देखि १२ पुससम्म बैँकको अनलाइन र मोबाइल बैङ्किङ सम्बन्धी सबै सेवाहरू अवरुद्ध हुने भएका हुन् ।

बैँकले हाल प्रयोग गरिरहेको कोर बैङ्किङ प्रणाली (CBS-Finacle) मा परिष्कृत सेवा प्रदान गर्न १० पुसदेखि स्तरोन्नतिको काम हुन लागेकाले अनलाइन र मोबाइल बैङ्किङ दुई दिनसम्म अवरुद्ध हुन लागेको जनाएको छ ।

११ पुसमा बैँकका सबै शाखा/काउन्टर (वीरगञ्ज र नेपालगञ्ज भन्सारमा रहेका कार्यालय बाहेक) समेत बन्द हुनेछन् । यस्तै, बैँकका एनसीएचएल ईसीसी, एनआरबी आरटीजीएस सेवा पनि ११ पुसमा बन्द रहने जनाइएको छ ।

 

प्रकाशित समय : १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु