global ime bank Long Banner Ad

गृहपृष्ठ नयाँ वर्षमा नर्भिकले ल्यायो डर्माटोलोजी उपचारमा विशेष छुट अफर

नयाँ वर्षमा नर्भिकले ल्यायो डर्माटोलोजी उपचारमा विशेष छुट अफर

नयाँ वर्षमा नर्भिकले ल्यायो डर्माटोलोजी उपचारमा विशेष छुट अफर

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्षको अवसरमा विशेष छुटको अफर ल्याएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुटको अफर ल्याएको नर्भिकले जनाएको हो। अफरमा लेजर हेयर रिमुभलका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यस्तै हाइड्रा फेसियल र ग्लो पिलमा ४ सेसनको विशेष प्याकेज पनि ल्याएको छ । जसअन्तर्गत हाइड्रा फेसियलको ४ सेसनको प्याकेजमा २४ हजार रुपैयाँ र ग्लो पिलका लागि ४ सेसनको प्याकेजमा १२ हजार रुपैयाँ मात्र लाग्ने छ । अस्पतालका अनुसार यो अफर आजदेखि ७ जनवरीसम्म लागू हुने छ ।

प्रकाशित समय : १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु