global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ मकवानपुरको अध्यक्षसहित ११ सदस्यीय समिति चयन

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ मकवानपुरको अध्यक्षसहित ११ सदस्यीय समिति चयन

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ मकवानपुरको अध्यक्षसहित ११ सदस्यीय समिति चयन

हेटौँडा । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ मकवानपुरको जिल्ला अधिवेशनबाट अध्यक्षसहित ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।
अधिवेशनबाट प्रविन (प्रबिन) राजलामा अध्यक्षमा चयन भएका छन् । यस्तै, उपाध्यक्ष : दिलिप देवकोटा ८८, उपाध्यक्ष (महिला) : सुस्मिता राई, सचिव : मनोज देवकोटा,कोषाध्यक्ष (महिला) : सम्झना भण्डारी,सह–सचिव : जनार्दन ढकाल रहेका छन् ।

यसैगरी जिल्ला कार्यसमितिका सदस्यहरूमा वीरमान वाइबा, उमाशंकर थिङ, बाबुराम थापामगर, मोहन बिक, सञ्जय (प.) लामा र सरोज ४० श्रेणी चयन भएका छन् ।

अधिवेशन कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का पूर्व सांसद दिपक बहादुर सिंहले श्रमिकको हक, हित र अधिकारका लागि आफूहरू सधैं खटिने बताए । उनले श्रमिक वर्गको योगदान बिना राष्ट्र निर्माण सम्भव नहुने उल्लेख गरे ।

त्यसैगरी पूर्व सांसद अनिशा नेपालीले श्रमिककै कारण आज देश यो अवस्थामा आइपुगेको बताउँदै श्रमिकलाई सधैं साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
अधिवेशनमा जिल्लाभरका श्रमिक प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवनिर्वाचित कार्यसमितिले श्रमिक अधिकार संरक्षण, संगठन विस्तार तथा श्रमिकमैत्री नीति निर्माणमा सक्रिय भूमिका खेल्ने जनाएको छ ।

 

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु