काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मादी नदीमा महिलाको शव फेला

1.74K
shares

व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा आज बिहान एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

पानीमा कोल्टो परेको अवस्थामा नामथर वतन नखुलेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अन्दाजी ४०र४५ वर्षीया महिलाको शव फेला परेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

स्थानीयवासीबाट खबर पाएलगत्तै प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको प्रहरीले घटनासम्बन्धमा अनुसन्धान गरिरहेको छ ।