काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ

1.34K
shares

प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र एक लाखसहित एक जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १००० नेपालीका १०० थानसहित सुनिलकुमार बानियाँलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा आज बुझाउन लागिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

नेपालगञ्जको त्रिभुवन चोकमा रहेको कुमार जनरल स्टोरका सञ्चालक बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।