गृहपृष्ठ पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले यसका लागि अनुमति माग्दै मंसिर १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। यस कम्पनीले चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको हकप्रद सेयर ल्याउन लागेको हो।

जस अनुसार कम्पनीले नेपाल धतोपत्र बोर्डबाट अनुमति पाएको खण्डमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा कुल ९६ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

कम्पनीको हकप्रद सेयर निष्कसन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु