global ime bank Long Banner Ad

गृहपृष्ठ सिद्घार्थ बैंकका ग्राहकलाई चम्पादेवी हिलसाईड रिसोर्टमा २०% सम्मको छुट

सिद्घार्थ बैंकका ग्राहकलाई चम्पादेवी हिलसाईड रिसोर्टमा २०% सम्मको छुट

सिद्घार्थ बैंकका ग्राहकलाई चम्पादेवी हिलसाईड रिसोर्टमा २०% सम्मको छुट

सिद्धार्थ बैंक र चम्पादेवी हिलसाईड रिसोर्ट प्रा. लि.बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार दक्षिणकाली, काठमाडौंस्थित चम्पादेवी हिलसाईड रिसोर्टमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १०%सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

यसका साथै एसबिएल एनपिएल टिकट होल्डर्सका लागि चम्पादेवी हिलसाईड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबिएल एनपिएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ । जस अन्तर्गत एसबिएलएनपिएल टिकट होल्डर्सले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित समय : २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु