गृहपृष्ठ अख्तियारका प्रवक्ता पौडेल सचिवमा बढुवा
अख्तियारका प्रवक्ता पौडेल सचिवमा बढुवा
रिक्त रहेको एक सचिव पदमा सहसचिव राजेन्द्र पौडेल बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए ।
पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धानको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।
लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा पौडेलको नाम दोस्रोमा कोमल भट्टराई र तेस्रो नम्बरमा इन्दु घिमिरेको नाम सिफारिस गरेको थियो ।
प्रकाशित समय : २०:२६ बजे



















