global ime bank Long Banner Ad

गृहपृष्ठ मधेशमा सरकार बनाउने समय आज सकिदै

मधेशमा सरकार बनाउने समय आज सकिदै

मधेशमा सरकार बनाउने समय आज सकिदै

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्ने समयसीमा आज ५ बजेसम्म रहेको छ । समय नजिकिदै गएपछि दलहरुले गठबन्धन बनाएर सरकारमा दाबि पेश गर्न छलफल तिब्र पारेका छन् ।

विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपची मुख्यमन्त्री सुरेन्द्र लाभ कर्णले शुक्रबार ५ बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न आव्हान गरेका थिए ।

मधेश प्रदेश प्रमुख लाभले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखको आह्वानलगत्तै मधेश प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेससहित सात दल गृहकार्यमा जुटेका हुन् ।

सात दलभित्र ठूलो दलको हैसियतले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी रहेको छ । कांग्रेसले मुख्यमन्त्रीका लागि संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवलाई अगाडि सारेको छ । त्यसैगरी लोसपाले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । लोसपाका सांसद उपेन्द्र महतोले लोसपाका सांसद जितेन्द्र सोनलको नेतृत्वमा यसअघि बनेको सरकार थोरै समयसम्म रहेकाले फेरि सोनलकै नेतृत्वमा सरकार बन्नुपर्ने लोसपाको अडान रहेको छ ।

विहिबार रातिसम्म भएको छलफलमा मुख्यमन्त्रीको नाममा सहमति भएको दाबि गरिएको छ तर नाम भने गोप्य राखिएको छ । कांग्रेसका नेता यादवलाई मुख्यमन्त्री बनाउन लोसपा बाहेकाका अन्य ६ दल सहमत भएको बताइएको छ ।

मधेशमा एमाले, संघीय समाजवादी र राप्रपा बाहेकका सात दल गठबन्धन बनाएर सरकार बनाउने तयारीमा रहेका छन् ।

मधेश प्रदेशमा एमाले २४, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, लोसपा र माओवादी केन्द्रको ९-९, एकीकृत समाजवादीको ७ तथा संघीय समाजवादी, नाउपा र राप्रपाको एक एक सिट रहेको छ ।

प्रकाशित समय : १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु