गृहपृष्ठ बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु
बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु
बैतडीको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो । उनि सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेका थिए ।
प्रकाशित समय : ११:०१ बजे



















