global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात फाइल फोटो

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आवको सोही अविधको तुलनामा एक अर्ब २४ करोडले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार दुई अर्ब २९ करोड बराबरको चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र दुई अर्ब एक करोड बराबरको पाँच करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भएको छ ।

त्यसैगरी, एक अर्ब ६ करोड मूल्यका एक करोड नौ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको छ । रासस

प्रकाशित समय : १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु