गृहपृष्ठ चर्चित गीत ‘कता छौँ मेरो फूल’ को भिडियो सार्वजनिक
चर्चित गीत ‘कता छौँ मेरो फूल’ को भिडियो सार्वजनिक
निर्देशक दिनेश राउतको नयाँ प्रेममा बनेको फिल्म ‘कुमारी’ को पहिलो गीत ‘कता छौँ मेरो फूल’ सार्वजनिक भएको छ। गीत यसअघि फिल्मको नाम घोषणा कार्यक्रममा टुडिँखेलमा लाइभ प्रस्तुत गरिएको थियो।
गीत गायक केहर सिंह लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड द लुंगा’ले प्रस्तुत गरेका थिए। गीतले सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ। गीतसँगै निर्माण टिमले आगामी माघ २३ लाई फिल्मको प्रदर्शन मिति घोषणा गरेका छन्।
फिल्ममा अभिषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायत कलाकारले अभिनय गरेका छन्।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्। फिल्मको पटकथा विकास सुवेदीले लेखेका छन्।
प्रकाशित समय : ११:५८ बजे




















