गृहपृष्ठ डङ्गोलको एकल चित्रकला प्रदर्शनी
डङ्गोलको एकल चित्रकला प्रदर्शनी
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा चित्रकार सविता डङ्गोलको एकल चित्रकला प्रदर्शनी ‘ओरा अफ टुगेदरनेस’ सुरु भएको छ । डङ्गोल विशेष गरी महिलाको अन्तरमनका विषयमा चित्र कोर्छिन ।
उनले यसपटकको प्रदर्शनीमा प्रकृति, महिला र आध्यात्मिक मनोभावलाई समेटिएको जनाइएका छ । “मेरा सिर्जनाहरु प्रायजसो प्रकृतिमा देखिएका सौन्र्दय फूल, चराहरु, हिमाल, पहाड रोजाइमा पर्छ”, उनले भनिन, “यि आकृतिसँगै महिलाको संवेदनालाई समेट्ने गरेको छु ।”
उनको ‘द फ्लो अफ लाइफ’ शीर्षकको चित्रमा एक आमाको मनोभाव प्रदर्शन गरिएको छ । डङ्गोलले आमालाई पृथ्वी शक्तिको प्रतिनिधित्व गर्ने बताइन । यस चित्रले आफ्नो हृदयबाट करुणा भाव दर्शाउन खोजिएको उनले सुनाइन ।
“यस चित्रले महिलाले धेरै कुराको प्रतिनिधित्व गर्छिन् दिव्य नारित्व, प्रेमी र दैनिक काममा संलग्न बहु–कार्य गर्ने महिलाको संकेत गरेकी छु”, उनले भनिन । चित्रकला आइतबारसम्म शनिबारसम्म रहने छ ।
प्रकाशित समय : १८:४७ बजे



















