global ime bank Long Banner Ad

गृहपृष्ठ अपहरण रोक्न ‘सबै कानुनी उपाय’ अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

अपहरण रोक्न ‘सबै कानुनी उपाय’ अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

अपहरण रोक्न ‘सबै कानुनी उपाय’ अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह United Nations Building in Geneva, Switzerland

संयुक्त राष्ट्रसङ्घले मङ्गलबार उत्तरी नाइजेरियामा सामूहिक अपहरणमा भएको वृद्धिको निन्दा गर्दै अधिकारीहरूलाई आक्रमण रोक्न र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन तत्काल कदम चाल्न आग्रह गरेको छ।

राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता थमिन अल–खितानले जेनेभामा एक पत्रकार सम्मेलनमा भने, “उत्तर–मध्य नाइजेरियामा अपहरणका घटनामा भएको वृद्धिका घटनाले हामी स्तब्ध भएका छौँ ।”

उउनले भने, “त्यस्ता घृणित आक्रमणहरू रोक्न र जिम्मेवारहरूलाई जवाफदेही बनाउन सबै कानुनी उपायहरू अपनाउन हामी नाइजेरियाली अधिकारीहरूलाई आग्रह गर्दछौँ ।”

केही दिनमै करिब ३५० स्कुले बालबालिकासहित सयौँ नाइजेरियालीहरूको अपहरणले देशमा व्याप्त निरन्तर सुरक्षा सङ्कटको बारेमा चर्को बहस सुरु भइरहेका समय उनको टिप्पणी आएको हो।

“नाइजर, केब्बी, क्वारा र बोर्नो राज्यमा नोभेम्बर १७ यता कम्तीमा ४०२ जना अपहरणमा परेका छन्,” खितानले भने । उनका अनुसार अपहरितमध्ये ८८ जना मात्र मुक्त भएका छन् वा अपहरणकारीबाट भागेका छन्।

उनले नाइजेरियाली अधिकारीहरूलाई अझै पनि कैदमा रहेका सबैलाई उनीहरूको परिवारमा सुरक्षित फिर्ती सुनिश्चित गर्न र थप अपहरण रोक्न आग्रह गरे ।

उनले भो, “उनीहरूले अपहरणको छिटो, निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नुपर्दछ र जिम्मेवारहरूलाई न्यायको दायरामा ल्याउनुपर्छ।”

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरियामा बढ्दो सुरक्षा त्रासका कारण देशका केही भागहरूमा विद्यालय बन्द हुने क्रम सुरु भएको छ।

एक दशक पहिले उत्तरपूर्वी बोर्नो राज्यको चिबोक शहरबाट इस्लामिक लडाकुहरूले लगभग ३०० स्कुले छात्राहरूलाई अपहरण गरेपछि नाइजेरियाले सामूहिक अपहरणको श्रृङ्खलाहरूको सामना गरिरहेको छ । ती अपहरणहरू प्रायः फिरौती भुक्तानीको खोजीमा आपराधिक गिरोहहरूले गर्ने गरेका छन्।

बोर्नो राज्य लामो समयदेखि चलिरहेको इस्लामिक विद्रोहको केन्द्र पनि हो । सन् २००९ देखि हालसम्म बोर्नोमा भएका विद्रोही गतिविधिका कारण ४० हजारभन्दा बढी व्यक्तिको ज्यान गुमिसकेको छ।

प्रकाशित समय : १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु