global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सुर्खेतमा एमाले नेता महेश बस्नेतविरुद्ध प्रदर्शन

सुर्खेतमा एमाले नेता महेश बस्नेतविरुद्ध प्रदर्शन

सुर्खेतमा एमाले नेता महेश बस्नेतविरुद्ध प्रदर्शन

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरूको एक समूहले आज प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले बस्नेतविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

बस्नेत आज बिहान मात्रै सुर्खेत आएका थिए । युवा संघको आयोजनामा वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार कार्यक्रम तय गरिएको संगठनले जनाएको छ ।

महेश बस्नेत सुर्खेत आएसँगै वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ। प्रहरी स्रोतका अनुसार बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित समय : १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु