global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपाल प्रिमियर लिग २०२५ को ओ.टि.टि. प्रसारण सम्बन्धी सार्वजनिक

नेपाल प्रिमियर लिग २०२५ को ओ.टि.टि. प्रसारण सम्बन्धी सार्वजनिक

नेपाल प्रिमियर लिग २०२५ को ओ.टि.टि. प्रसारण सम्बन्धी सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित ‘नेपाल प्रिमियर लिग’ डिजिटल प्लेटफर्म तथा समाजिक सञ्जालमा प्रसारण नगर्न डिसहोमले सार्वजनिक सूचना जारी गरिएको छ ।

सुचनामा अधिकार प्राप्त संस्थाबाहेक अन्य प्लेटफर्ममा प्रसारण गरिनु गैरकानुनी रहेको भन्दै डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जाल (युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर, टेलिग्राम) वा अन्य वेबसाइट र एपबाट लिगकका खेल बिक्री वितरण, पुनस् प्रसारण, रेकर्डिङ, सम्पादन तथा अन्य कुनै पनि किसिमले प्रयोग गर्ने-गराउने कार्य गैरकानूनी रहेको र सूचनामा अनधिकृत लिंक, साइट तथा माध्यमहरुबाट क्रिकेट खेल हेर्न खोज्दा व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साइबर अपराधमा पर्न सक्ने हुँदा त्यस्ता अनधिकृत कार्य नगराउन डिश होमले अनुरोध गरेको छ ।

खेलहरु अनधिकृत रुपमा प्रसारण भएको सूचना प्राप्त भएमा  डिशहोमलाई यथाशीघ्र जानकारी गराउन नेपाल क्रिकेट संघ तथा डिश मिडिया नेटवर्क लिमिटेडको तर्फबाट संयुक्त निवेदन दिएको छ । साथै त्यस्ता कार्यहरु गैरकानूनी भएकोले प्रचलित कानून बमोजिम कारबाही हुने अवगत गराउँदछौं ।

प्रकाशित समय : १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु