global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बाजुराको हिमाली गाउँपालिकाद्वारा मुख्यमन्त्री शाहलाई २६ बुँदे ज्ञापन पत्र

बाजुराको हिमाली गाउँपालिकाद्वारा मुख्यमन्त्री शाहलाई २६ बुँदे ज्ञापन पत्र

बाजुराको हिमाली गाउँपालिकाद्वारा मुख्यमन्त्री शाहलाई २६ बुँदे ज्ञापन पत्र

बाजुरा । बाजुराको सर्वाधिक विकट पालिकाको रुपमा परिचित हिमाली गाउँपालिकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह समक्ष बुँदे ज्ञापन पत्र बुझाएको छ ।

प्रलेशका योजनाको सिलान्यास, प्रदेश सरकारले निर्माण गरिरहेका योजनाको अनुगमन तथा भेटघाटको क्रममा बाजुरा पुगेका मुख्यमन्त्री शाहलाई पालिकाले २६ बुँदे ज्ञापनपत्र बुझाएको हो।

गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले मुख्यमन्त्री शाह समक्ष ज्ञापन पत्र बझाएका हुन । कुवाडी–विच्छ्या–रानीसैन–हिल्सा सिल्क रणनितिक सडक निर्माण,गाउँपालिकामा राष्ट्रि विद्युत प्रसारण लाईन विस्तार र कुवाडी खोलाको लघु जलविद्युत आयोजनाको पुनर्निर्माण,मौतर्ना मोटरेवल पुल, त्यस्तै खानेपानी नपुगेका  ठाउँमा खानेपानी योजना निर्माणकाको माग गरिएको छ ।

धुलाचौर कर्णाली लिफ्टिङ खानेपानी, गुम्बामा टेलिफोन इन्टरनेट सहितको टावर निर्माण कुवाडी अस्पताल पहिरो नियन्त्रण, अल्लो प्रशोधन, आधुनिक भेडा पालनतथा उन प्रशोधन सहितका मागहरु राखिएका छन् । गाउँपालिका अध्यक्ष मल्लद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा गाउँपालिकाले अत्यावश्यक समस्या समाधान गर्न प्रदेश सरकारलाई माग गरेको हो ।

भौगोलिक विकटता रहेको हिमाली गाउँपालिकामा प्रदेश सरकारका मुख्यमन्त्री गाउँमा आएपछि पालिकाले समस्या सहित पालिकाको विकासका लागि ज्ञापन पत्र बुझाएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिएका छन् । प्रदेश सरकारले ज्ञापनपत्रको कदर गरेको खण्डमा ठुलो राहत मिल्ने समेत बताएका छन् ।

मुख्यमन्त्री शाहले दुर्गम पालिकाको विकासमा तथा यहाँका नागरिकलाई विशेष प्राथमिकतामा राख्ने प्रतिबद्दता व्यक्त गरेका छन् । त्यस्तै शाहले सुदूर तथा बाजुराको पर्यटकीय सम्भावना बोकेको रानीसैनको लागी सडक निर्माण तथा पदमार्ग निर्माण गर्न आफू प्रतिबद्द रहने बताए । उनले रानीसैनको भ्रमण समेत गर्ने भएका छन्।

प्रकाशित समय : ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु