गृहपृष्ठ जागृत कुशादेवी सहकारीको छैठौं वार्षिक साधारणसभा सम्पन्न

जागृत कुशादेवी सहकारीको छैठौं वार्षिक साधारणसभा सम्पन्न

जागृत कुशादेवी सहकारीको छैठौं वार्षिक साधारणसभा सम्पन्न

जागृत कुशादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाको साधारणसभा मंसिर १ गतेदेखि मंसिर ५ गतेसम्म विभिन्न सेवा केन्द्र तथा प्रमुख कार्यालयहरुमा भएको थियो । यस्तै, मंसिर ६ गते छनौट भएका प्रतिनिधिहरुको सभा र निर्णय लेखन गरी सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पारित गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ । यस्तै, चालु आर्थिक वर्षका लागि बाह्य लेखा परीक्षकको नियुक्ति गरी सभामा पनि पारिश्रमिक तोकिएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म ३ करोड ३६ लाख २३ हजार ९०० सेयर पुँजी रहेकोमा वार्षिक कार्यक्रम अनुसार नयाँ सदस्य वृद्धि र सदस्यबाट थप सेयर पुँजी २०८१/८२ को अन्त्यसम्म ३ करोड ४४ लाख ६४ हजार १०० पुगेको संस्थाले जानकारी दिएको छ । यस्तै, जगेडा कोषमा २ करोड २३ लाख ५१ हजार ५३९ खर्च नभएका कोषहरु र नाफा बाँडफाँड थप हुँदा उक्त रकम २ करोड ५६ लाख ३ हजार ८९४ पुगेको छ ।

संस्थाको बचत संकलन २०८१/८२ को अन्त्यसम्ममा ३३ करोड ८८ लाख ७२ हजार २३४ रुपैयाँ कायम भएको छ ।

प्रकाशित समय : १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु