गृहपृष्ठ सुदन गुरुङले मागे गृहमन्त्रीको राजीनामा
सुदन गुरुङले मागे गृहमन्त्रीको राजीनामा
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश आर्यालले राजीनामा दिनुपर्ने बताएका छन् ।
शुक्रवार सिरहाको कमला पुल निरीक्षण गर्न सिरहा पुगेका नेता गुरुङले पत्रकारसँग कुरा गर्दै गृहमन्त्री अर्याललाई अब एकछिन पनि कुर्सीमा बस्ने अधिकार नरहेको प्रतिक्रिया दिए ।
सरकार बनाउने बेला राष्ट्रपति कार्यालयमा वार्ता हुँदा ओमप्रकाश अर्यालले जेनजीका सबै माग पुरा गर्ने भनेको भएपनि अहिले आएर केही नगरेको आरोप लगाए ।
प्रकाशित समय : १४:१५ बजे



















