global ime bank Long Banner Ad

गृहपृष्ठ आजदेखि ३ दिनसम्म प्रोटोन ईमास ईभीको एक्सचेन्ज अफर

आजदेखि ३ दिनसम्म प्रोटोन ईमास ईभीको एक्सचेन्ज अफर

आजदेखि ३ दिनसम्म प्रोटोन ईमास ईभीको एक्सचेन्ज अफर

जगदम्बा मोटर्स प्रा. लि. अन्तर्गत सञ्चालन हुँदै आएको ईभी ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम घोषणा गरेको छ । यस कार्यक्रम शुक्रबारदेखि आइतबार (२१-२३ नोभेम्बर) सम्म काठमाडौँको ज्ञानेश्वरस्थित एटीकमा सञ्चालन हुनेछ ।

कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन ईमासका विशेषताहरू, सेवा सुविधा र अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने बताइएको छ । सो एक्सचेन्ज अफर ४६.९९ लाख बाट सुरु हुनेछ ।

कम्पनीका अनुसार प्रोटोन ईमास ७ (Proton e.MAS 7) मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर प्रयोग गरिएको छ । यसमा १८० एमएम ग्राउन्ड क्लियरेन्स, एनईडीसी रेन्ज ४९२ र ५८५ किलोमिटर विकल्प रहेको छ । एडभान्स्ड सुरक्षा तथा प्रिमियम डिजाइनयुक्त यो ईभीको लम्बाइ ४६१० एमएम रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु