global ime bank Long Banner Ad

गृहपृष्ठ मिथिलाञ्चलमा विवाह पञ्चमी महोत्सव सुरु

मिथिलाञ्चलमा विवाह पञ्चमी महोत्सव सुरु

मिथिलाञ्चलमा विवाह पञ्चमी महोत्सव सुरु

मिथिलाञ्चलमा विवाह पञ्चमी महोत्सव सुरु भएको छ । बिहीबार (मंसिर ४) देखि महोत्सव सुरु भएको हो ।

जनकपुरधाम क्षेत्रमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको चहलपहल देखिएको थियो । सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन विधि सम्पन्न भएको छ । नगरदर्शनलाई लिएर जानकी मन्दिरमा पूजा अराधनाका लागि श्रद्धालु भक्तजनहरू पुगेका थिए ।

भगवान राम र लक्ष्मण पहिलोपटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन विधि गर्ने गरिन्छ ।

नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रूपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो । सोही अवसरमा मिथिलाको राजधानीमा मंगलगान समेत गाइएको थियो ।

नगर दर्शन विधिका लागि जनकपुरधामस्थित जानकी मन्दिरकै प्राङ्गणमा कृत्रिम बजार बनाइएको थियो । सो बजारमा मुरही, कचरी, चिया, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, टिकली आदिका पसलहरू कृत्रिम रूपमा निर्माण गरिएका थिए ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु