global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिषरिषद्‌मा सिफारिस

निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिषरिषद्‌मा सिफारिस

निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिषरिषद्‌मा सिफारिस

सुरक्षा परिषद्को बैठकले आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअघि सेना परिचालन गर्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको छ ।

रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्ने निर्णय गरेको परिषद्का सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

परिषद्ले आफ्नो आठौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरी आवश्यक संशोधनसहित स्वीकृत गरेको छ । प्रतिवेदनलाई नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (२) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने बैठकले निर्णय गरेको छ ।

उक्त बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती तथा अन्तराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिको सम्बन्धमा समेत छलफल भएको थियो ।

प्रकाशित समय : १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु