global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर

काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर

काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर

जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । यस कार्यक्रम नोभेम्बर २१ देखि २३ सम्म काठमाडौँको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुने कम्पनीले जनाएको छ ।

तीनदिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरु, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ। एक्सचेन्ज अफर ४६.९९ लाखबाट सुरु हुनेछ।

प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१० मिमी रहेको कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित समय : १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु