गृहपृष्ठ पश्चिमी युक्रेनमा रुसको भीषण आक्रमण, बालबालिकासहित २५ जनाको मृत्यु
पश्चिमी युक्रेनमा रुसको भीषण आक्रमण, बालबालिकासहित २५ जनाको मृत्यु
रुसले पश्चिमी युक्रेनी शहर टेर्नोपिलमा घातक ड्रोन र मिसाइल आक्रमण गरेको छ, जसमा तीन बालबालिकासहित कम्तिमा २५ जनाको मृत्यु भएको छ।
युक्रेनी उद्धार अधिकारीहरूले आक्रमणमा दुई आवासीय ब्लकहरूलाई लक्षित गरिएको बताएका छन्। अधिकारीहरूका अनुसार आक्रमणमा १५ बालबालिकासहित ७३ जना घाइते भएका छन्।
यो आक्रमणलाई २०२२ मा रूसको खुला युद्ध सुरु भएदेखि पश्चिमी युक्रेनमा भएको सबैभन्दा घातक आक्रमणहरूमध्ये एक भनिएको छ।
ल्भिभ र इभानो-फ्रान्किभस्कका पश्चिमी क्षेत्रहरू पनि प्रभावित भएका छन्। उत्तरी शहर खार्किभका तीन जिल्लाहरूलाई ड्रोन आक्रमणले निशाना बनाएको छ, जसमा ३० भन्दा बढी मानिसहरू घाइते भएका छन्।
ल्भिभका प्रमुखले त्यहाँको ऊर्जा सुविधामा क्षति पुगेको बताए। अनलाइन पोस्ट गरिएका तस्बिरहरूमा भवनहरू र सवारी साधनहरूमा आगो लागेको देखिन्छ।
प्रकाशित समय : ११:५३ बजे



















