शनिबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको हो।
निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई र डिजेलमा तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो।
अब पेट्रोलको मूल्य एक सय ६१ र डिजेलको मूल्य एक सय ४७ रुपैयाँ पुगेको छ।
यो मूल्य कातिक ३० गते बिहान १ बजेदेखि कायम हुने निगमद्वारा जारी सूचनामा उल्लेख छ।



















