global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ काभ्रेका पाँच स्थानीय तहमा स्वास्थ्य शिविर

काभ्रेका पाँच स्थानीय तहमा स्वास्थ्य शिविर

काभ्रेका पाँच स्थानीय तहमा स्वास्थ्य शिविर

काभ्रेपलाञ्चोकका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका छन् । रामेछापस्थित कान्छीमाया सामुदायिक अस्पतालको समन्वयमा ताइवान रुट मेडिकल पिस क्रप्सको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएका हुन् ।

पाँचखाल, धुलिखेल र मण्डनदेउपुर नगरपालिका तथा दुई बेथानचोक र रोशी गाउँ पालिकामा शिविर सञ्चालन भएका हुन् । मङ्गलबार रोशीमा सञ्चालित शिविरबाट पालिकाका ५४७ जना लाभान्वित भएका छन् । तेमाल गाउँपालिकाका केही वडाका स्थानीय पनि शिविरमा सेवा लिन पुगेका थिए ।

शिविरमा दन्तरोग, छाला तथा यौनरोग, आँखा जाँच, स्त्रीरोग परीक्षणका साथै औषधि तथा चश्मा निःशुल्क वितरण गरिएको थियो । कान्छीमाया सामुदायिक अस्पतालका अनुसार शिविरमा परीक्षण गराएकामध्येमा मधुमेह, उच्च रक्तचाप, पेटसम्बन्धी रोग बढी लागेको पाइएको छ ।

प्रकाशित समय : १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु