काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गुठीचौरद्वारा एक वर्षमा ३३ लाख राजस्व सङ्कलन

1.82K
shares

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा रु ३३ लाख राजस्व सङ्कलन गरेको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षमा वडागत रूपमा वडा–१ बाट ८२ हजार, वडा – २ बाट एक लाख, वडा नं ३ बाट रु एक लाख ५३ हजार, वडा नं ४ बाट रु दुई लाख ६८ हजार र वडा नं ५ बाट दुई लाख ५८ हजार ५३१ राजस्व सङ्कलन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मायाँलक्ष्मी बुढाले जानकारी दिए ।

त्यसैगरी गाउँपालिकाले मालपोत कार्यालयमार्फत रजिष्ट्रेशन शुल्कबाट तीन लाख १३ हजार राजस्व आर्जन गरेको छ । गुठीचौर पर्यटन प्रवर्द्धनका लागि आयोजित प्याराग्लाइडिङ महोत्सवबाट रु आठ लाख ४४ हजार राजस्व सङ्कलन भएको छ ।

यसबाहेक, डोजर सञ्चालनबाट रु पाँच लाख ५९ हजार, एम्बुलेन्स सेवाबाट ८१ हजार र पशु शाखाबाट  सात लाख ८४ हजार राजस्व उठेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुढाको भनाइ छ । चालु आर्थिक वर्षको कात्तिक महिनाको दोस्रो सातामा मात्रै गाउँपालिकाले नौ लाख ९७ हजार राजस्व सङ्कलन भएको गुठीचौर गाउँपालिकाले जनाएको छ ।