global ime bank Long Banner Ad

गृहपृष्ठ देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पाटन । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले देश पटकपटक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेकोमा चिन्ता व्यक्त गरेका छन्। करिब एक दशकको अन्तरमा हुने आन्दोलन नै देशको स्थिरता र विकासको बाधक भएको उनले बताए।

राष्ट्रिय एकताका लागि नागरिक पहलले आज ललितपुरमा आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरी–२०८२’ कार्यक्रममा उनले हरेक आन्दोलनबाट व्यवस्था परिवर्तन हुने भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसक्दा सधैँभरी असन्तुष्टि पैदा हुने र त्यसले सङ्क्रमणकालीन अवस्था निम्त्याउने बताए।

ुनेपालमा आन्दोलन धेरै भएका छन्, प्रायःजसो १० वर्षको आसपासमा विभिन्न कालखण्डमा केही न केही आन्दोलन गरिरहन्छौं। आन्दोलन हुने, व्यवस्था परिवर्तन हुने र परिस्थिति परिवर्तन नहुने भइराखेको छ, यस्तो सङ्क्रमणकालीन अवस्थाले मुलुकमा अस्थिरता ल्याउँछ,ु उनले भने।

जेनजी प्रतिनिधि मोनिका निरौलाले दलहरुभित्र नेतृत्व हस्तान्तरण, आन्तरिक रुपान्तरण आवश्यक रहेको बताउँदै नागरिक बाँच्नका लागि विदेशिनुपर्ने अवस्थाले निराशा पैदा गरेको बताए।

प्रकाशित समय : १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु