global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसमा आबद्ध युवाहरूले गरे पार्टी कार्यालयमा तालाबन्दी

कांग्रेसमा आबद्ध युवाहरूले गरे पार्टी कार्यालयमा तालाबन्दी

कांग्रेसमा आबद्ध युवाहरूले गरे पार्टी कार्यालयमा तालाबन्दी

नेपाली कांग्रेस आबद्ध युवाहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा तालाबन्दी गरेका छन्। नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै उनीहरूले आइतबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्।

उनीहरूले कांग्रेसलाई बन्धक बनाउन पाइँदैन, पदाधिकारी र केन्द्रीय सदस्यहरु होसियार, युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर, नियमित महाधिवेशन घोषणा गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। महाधिवेशनको विवादका कारण पार्टीको केन्द्रीय समिति बैठक स्थगित गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए।

उनीहरूले तत्काल नियमित महाधिवेशनको मिति घोषणा गर्न नसके केन्द्रीय कार्यसमिति विघटन गर्नुपर्ने समेत बताएका छन्। पार्टीको १५औँ महाधिवेशनको विषयमा विवाद भएपछि आइतबार बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।

 

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु