गृहपृष्ठ एसवाई प्यानलको आईपीओ निष्कासन मिति सार्बजनिक
एसवाई प्यानलको आईपीओ निष्कासन मिति सार्बजनिक
एसवाई प्यानल नेपाल लिमिटेडले आगामी कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर वितरण गरिसकिएको हुँदा अब दोस्रो चरण सर्वसाधारणका लागि खुल्न लागेको हो।
कम्पनीले बाँकी सेयरमध्ये आफ्ना कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरूका लागि २ लाख ४८ हजार ५४६ कित्ता छुट्याएको छ। यी सबै कित्ताहरू छुट्याएपछि अब बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला हुनेछ।
लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँ र अधिकतम ५० हजार कित्ताका लागि ५० लाख रुपैयाँ बराबरको आवेदन दिन सक्नेछन्। यस आईपीओमा कात्तिक १९ गतेदेखि आवेदन खुल्नेछ र छिटोमा कात्तिक २३ गते बन्द हुनेछ।
प्रकाशित समय : १०:१८ बजे


















