global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ क्यामरुनको राष्ट्रपतिमा ९२ वर्षीय पल बिया पुन: निर्वाचित

क्यामरुनको राष्ट्रपतिमा ९२ वर्षीय पल बिया पुन: निर्वाचित

क्यामरुनको राष्ट्रपतिमा ९२ वर्षीय पल बिया पुन: निर्वाचित

क्यामरुनको राष्ट्रपतिमा ५३दशमलव६६ प्रतिशत मत प्राप्त गर्दै पल बिया आठौँ कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।

देशको संवैधानिक परिषद्ले सोमबार यो घोषणा गरेको हो । क्यामरुन राष्ट्रिय मुक्ति मोर्चाका उम्मेद्वार इस्सा त्चिरोमा बाकारीले ३५दशमलव१९ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थान हासिल गरे ।

८० लाखभन्दा बढी दर्ता भएका मतदाताहरूमध्ये ४६ लाखभन्दा बढीले मतदान गरेका थिए । जसले गर्दा मतदान दर ५७दशमलव७६ प्रतिशत पुगेको छ । जुन २०१८ मा ५३दशमलव८५ प्रतिशत र २०११ मा ६५दशमलव८२ प्रतिशत थियो ।

अन्तिम नतिजा घोषणा गर्दा संवैधानिक परिषद्का अध्यक्ष क्लेमेन्ट अटांगानाले चुनाव स्वतन्त्र र निष्पक्ष भएको बताए । १९८२ देखि सत्तामा रहेका ९२ वर्षीय बियाले क्यामरुन जनवादी आन्दोलनको नेतृत्व गर्दै आएका छन्।

उनी अब अर्को सात वर्षको कार्यकालका लागि देशमा शासन गर्ने तयारीमा छन्

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु