global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न

जनकपुर । उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै आस्थाको महानपर्व छठ सम्पन्न भएको छ ।
तीन दिन अघि शनिबारबाट सुरु भएको ४ दिने छठ पर्व आज विधिवत समाप्त भएको हो ।
हिजो व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न भएको हो । छठमा उदाउँदो सूर्यलाई दिइने अघ्र्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

भोरका अरख दिएसँगै छठ घाटबाट व्रतालु तथा उनका परिवारजनहरु आफूले चढाएका प्रसादहरु बोकेर घर फर्किन्छन । त्यसपछि सबै जना मिलेर प्रसाद खाने र चिनेजानेकाहरुलाई पनि प्रसाद दिने चलन रहेको छ ।

जनकपुरधामसहित धनुषामा छठ पर्व धुमधामका साथ मनाइएको छ । जनकपुरधामको मुख्य सरोवरहरु आन्तरिक तथा वाह्य पर्यटकहरुलेसमेत भरिभराउ देखिएको थियो । गृहमन्त्री ओम प्रकास अर्यालसहितको टोलीले पनि जनकपुरमको एतिहासिक गंगासागर सरोवरको छठ घाटमा सहभागी भएका थिए ।

प्रकाशित समय : ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु