काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

2.7K
shares

नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ ।

आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को तयारी सुरु गरिएको क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए । नेपालगञ्ज रङ्गशाला परिसरको पौडी पोखरीमा आयोजना हुने उक्त प्रतियोगितामा देशभरिका २०० भन्दाबढी खेलाडीको सहभागिता रहने छ । विद्यालय लक्षित प्रतियोगितामा ८, १०, १२, १४ र १७ उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सङ्घसंस्था वा क्लबले पनि संस्थागत रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । यु–८ उमेर समूहका खेलाडीले २५ मिटर, यु–१० उमेर समूहलाई ५० मिटर, यु–१२ र यु–१४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर तथा खुला उमेर समूहतर्फ २०० र ४०० मिटर दूरीका विभिन्न ५६ स्पर्धा गराइने अध्यक्ष पौडेलले बताए ।

नेपाल पौडी सङ्घको केन्द्रीय वार्षिक क्यालेण्डरअनुसार प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने पौडी प्रशिक्षक चन्दुराम चौधरीले जानकारी दिए ।