global ime bank Long Banner Ad

गृहपृष्ठ फ्लोरा एक्स्पो असोज २८ देखि सुरु हुँदै, ७० स्टल प्रदर्शनमा राखिने

फ्लोरा एक्स्पो असोज २८ देखि सुरु हुँदै, ७० स्टल प्रदर्शनमा राखिने

फ्लोरा एक्स्पो असोज २८ देखि सुरु हुँदै, ७० स्टल प्रदर्शनमा राखिने

काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ आयोजना गर्ने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजनागरी संघले फूल र बत्तिको पर्व तिहारलाई लक्षित गर्दै यही असोज २८ गते देखि कार्तिक १ गतेसम्म पाँच दिनसम्म ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ राष्ट्रियस्तरको तेस्रो फ्लोरा एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो ।

यस मेलाले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभिरुचि राख्ने र समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्ति व्यक्तित्वहरुलाई एकपटक उत्साहित गर्ने विश्वास संघले लिएको छ ।

मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल विरुवाहरुलगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्री वितरणको लागि राखिने छ ।

साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ ।

संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने जनाएको छ ।

यस मेलामा ६२ वटा व्यवसायीक स्टललगायत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल चार स्टल तथा प्रतिस्पर्धाको चारवटा स्टल समेत जम्मा ७० वटा स्टल रहने छ ।

मेलामा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा संघले गरेको छ । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति १०० र विद्यार्थीहरु र ज्येष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ व्यवस्था गरिएको छ ।

प्रकाशित समय : १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु