काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जेनजी आन्दोलन : वीरगन्ज महानगर र प्रहरीको दाबी फरक–फरक

2K
shares

वीरगन्ज । आन्दोलनका क्रममा वीरगन्ज महानगरपालिकामा तोडफोड, आगजनी तथा लुटपाटबाट भएको क्षतिको विवरणबारे विवाद देखिएको छ ।

भदौं २४ गते महानगरपालिकामा भएको क्षतिको विषयमा कार्यालय र प्रहरीको दाबी फरक–फरक छ ।

महानगरपालिकाले १ सय १५ करोडभन्दा बढीको धनमाल नष्ट भएको दाबी गरेको छ भने जिल्ला प्रहरी कार्यालय पर्साले भने मात्र १३ करोड बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार, भदौं २४ गते अपराह्न महानगरपालिकामा प्रवेश गरेका आन्दोलनकारी समूहले कार्यालयभित्र रहेका सवारीसाधन तथा भवनमा आगजनी र लुटपाट गर्दा करिब १३ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
यस विषयमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार, प्रहरीले प्रतिवेदन तयार गर्दा कार्यालयसँग कुनै सहकार्य नगरेकाले तथ्याङ्कमा फरक आएको हो ।
उनले कार्यालयमा रहेका १७ वटा सवारीसाधन, १२ वटा मोटरसाइकल र ४ वटा भवनमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको बताए ।

आन्दोलनकारीले लगाएको आगलागीमा तीनवटा भवन पूर्ण रूपमा क्षतिग्रस्त भई प्रयोगविहीन बनेका छन् भने नगर प्रमुख र उपप्रमुखको कार्यालय रहेको भवनमा आंशिक क्षति भएको अधिकृत कर्णले जानकारी दिए ।

उनका अनुसार सम्पत्तिको विस्तृत विवरण कार्यालयसँगै रहेको भए पनि प्रहरी प्रतिवेदनमा समन्वयको अभावले आकडा फरक परेको हो ।

भदौं २४ गते भएको आगलागीमा १२ वटा सरकारी कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो। प्रहरी प्रतिवेदनअनुसार, ती कार्यालयमा जम्मा १७ करोड २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जसमा—
आन्तरिक राजस्व कार्यालय: ६० लाख

नेपाल टेलिकम घटाघरस्थित कार्यालय: २ करोड

वीरगन्ज महानगरपालिका : १३ करोड

वीरगन्ज महानगरपालिका वडा नं. १० कार्यालय: ६ लाख

वडा नं. २६ कार्यालय: १० लाख

वडा नं. १४ कार्यालय: ३ लाख

जिरा भवानी गाउँपालिका कार्यालय ः ५० लाख

वीरगन्ज कारागार: ३ लाख

विर्तास्थित वाल सुधार गृह: ७ लाख

पोखरिया नगरपालिका कार्यालय:१५ लाख

चिनी मिलस्थित उच्च अदालत अस्थायी कार्यालय: २० लाख

भूमि जलस्रोत तथा सिंचाइ कार्यालय: ५० लाख