गृहपृष्ठ ऊर्जामन्त्री घिसिङ र बेलायतका राजदूतबीच भेटवार्ता
ऊर्जामन्त्री घिसिङ र बेलायतका राजदूतबीच भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबिच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायतका राजदूत फेनले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
भेटमा नेपाल–बेलायतबिचको मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायहरूका लागि आवश्यक सहयोग लगायतका विषयमा छलफल भएको थियो ।
प्रकाशित समय : १४:३० बजे

















