गृहपृष्ठ कोशी प्रदेशमा सर्वदलीय बैठक सुरु
कोशी प्रदेशमा सर्वदलीय बैठक सुरु
कोशी प्रदेशमा सर्वदलीय बैठक सुरु भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मङ्गलबार दिउँसो सर्वदलीय बैठक सुरु भएको हो ।
बैठकमा प्रदेशका सभामुख अम्बर बहादुर विष्ट, सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, उपसभामुख सिर्जना दनुवार छन् ।
त्यस्तै बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विदुरकुमार लिङ्थेप, माओवादीकी प्रमुख सचेतक गीता तिम्सिना, नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक विद्या चाम्लिङ, एमाले सांसद तिलचन पाठकलगायतको उपस्थिति छ ।
प्रकाशित समय : १४:२४ बजे

















