गृहपृष्ठ फरक क्षमता भएका छात्र दाहाललाई ‘स्कुटर’ प्रदान
फरक क्षमता भएका छात्र दाहाललाई ‘स्कुटर’ प्रदान
फरक क्षमता भएका एक विद्यार्थीलाई विद्यालय–घर आवतजावत सहज बनाउन सवारी साधन (स्कुटर)उपहार दिइएको छ । यहाँस्थित विद्योदय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थी अनुप दाहाललाई कोशी प्रदेश सरकारका राज्यमन्त्री सिर्जना राईले स्कुटर हस्तान्तरण गरेको हो ।
“फरक क्षमता भएका दाहाललाई स्कुटर हस्तान्तरण गरेकी छु” उनले भने, “स्कुटरको प्रयोगले उनको दैनिकीलाई सहजता थप्ने अपेक्षा लिएकी छु । मेहनती अनुपलाई सानो सहायताले पनि ठूलो प्रोत्साहन मिल्छ भन्ने मलाई विश्वास छ ।” दाहालको दुःखलाई देखेर आफ्नो व्यक्तिगत सहयोगमा स्कुटर वितरण गरेको उनले जानकारी दिए ।
छात्र दाहाललाई सूचना प्रविधि विषयमा उच्च शिक्षा हाँसिल गर्न सहज वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाए । राज्यमन्त्री राईले सोही विद्यालयमा स्नातक तहमा सूचना प्रविधि अध्ययन गर्न इच्छुक छात्रामध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर दिने र पाँच जनासम्म छात्र–छात्रालाई निःशुल्क कम्प्युटर तालिम उपलब्ध गराउने जानकारी दिए ।
प्रकाशित समय : ०५:४५ बजे


















